Recent Reviews

Friday, 20 September 2019

साफ यू–१८ च्याम्पियनसिप

साफ यू–१८ च्याम्पियनसिप : माल्दिभ्ससँग नेपालकाे पहिलाे चुनाैती


साफ यू–१८ च्याम्पियनसिप आजदेखि काठमाण्डाैमा सुरु हुँदैछ । जसमा नेपालले पहिलो खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ ।

नेपाली टिमको कप्तानी जय गुरुङले गर्दैछन् । यता, माल्दिभ्सले पनि नेपाली टिमविरुद्ध अंक खोस्ने लक्ष्य रहेको बताएकाे छ।

नेपाली टिमका प्रशिक्षक श्रेष्ठले यसपटकले टिम निकै ब्यालेन्स रहेको र स्ट्राइकरमा मनिष डाँगी आएपछि टिम झन बलियो भएको बताए । साविक विजेताको नाताले नेपाललाई जित्नैपर्ने दबाब रहेको भए पनि मैदान बिना दवाबमा उत्रने उनले बताए ।
समूह ए मा रहेको नेपालले दोस्रो खेलमा भुटानसँग खेल्नेछ ।


यसका साथै कार्यक्रममा ट्रफि पनि सार्वजनिक गरिएको थियो । सबै टिमका कप्तानले एकसाथ ट्रफी सार्वजनिक गरेका थिए ।

नेपाली टिम

गोलकिपरः विशला सुनार, सूर्य अधिकारी र पुजन होना

डिफेन्डरः विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जल महर्जन

मिडफिल्डः शिशिर लेखी, रोशन रानामगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाँल, नितिन थापा

फरवार्डः बृजेश चौधरी, सचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी
PROMOCODE : STAKE 



No comments:

Post a Comment

Pages